आजदेखि महिला विश्वकप फुटबल, पहिलो दिन दुई खेल हुने

काठमाडाैं | साउन ४, २०८०

आजदेखि महिला विश्वकप फुटबल, पहिलो दिन दुई खेल हुने

काठमाडौं:  अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ ।

 

अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो ।

 

पहिलो पटक ३२ टिम सहभागी यस विश्वकप पहिलो पटक दुई देशले आयोजना गर्दैछन् ।

 

साविक विजेता समेत रहेको अमेरिका प्रतियोगिताको उपाधि दाबेदारको रुपमा छ र लगातार तीन पटक उपाधि जित्दै उपाधि संख्या ५ पुर्‍याउने योजनामा छ ।

 

अमेरिकाले सर्वाधिक चार पटक उपाधि जित्दा जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक उपाधि जितेका छन् ।

 

पछिल्लो पटक २०११ मा एसियन राष्ट्र जापान च्याम्पियन बनेको थियो त्यसपछि २०१५ र २०२१ मा अमेरिकाले विश्वकप उपाधि जितेको थियो ।

 

पहिलो दिन दुई खेल महिला विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् ।

जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ ।

 

यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समयअ नुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

 

यस्तै अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच हुनेछ ।

 

यो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

 

महिला विश्वकप अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा खेलाइनेछ । फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्